रोनाल्डीनोले फुटबलबाट तत्काल सन्यास नलिने

साउन १५, काठमाडौँ –  ब्राजिलका भेट्रान स्ट्राईकर रोनाल्डीनोेले तत्काल फुटबलबाट सन्यास लिने आफ्नो योजना नरहेको बताएका छन्  । आफुले एट्लेटिको मेनेरियो छोडने निश्चित भएको जानकारी दिँदै उहाँले सन्यासका विषयमा सोच्ने बेला नभएको बताएका हुन् । ३४ वर्षीय रोनाल्डीनोले अबको सिजनमा आफुले कुन क्लब बाट खेल्ने भन्ने अनिश्चित रहेको बताए  ।

उनले आफ्नो फुटबल ईतिहाँसको अन्तिम अध्याय अझै बाँकी रहेको भन्दै सुखद अन्त्यको प्रतिक्षा गरिरहेको स्पष्ट पारे ।  २००४ र २००५ मा फिफा वर्ष खेलाडीको उपाधि जित्नुभएका रोनाल्डिनोले २००२ मा ब्राजिललाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।