इ.पी.एस आवेदन फाराम खुल्ला

साउन १५, काठमाडौँ –  रोजगार अनुमति प्रणाली (इ.पी.एस) मार्फत जान दक्षिण कोरिया जान चाहाने नेपालीको लागि आवेदन फाराम खुलेको छ ।  नेपालस्थित इ.पी.एस  कार्यालयले आज सूचना प्रकाशित गरी काठमाडौ, पोखरा, बुटबल र धरानबाट फाराम भर्न सकिने जाजकारी गराएको छ ।

असोज १० र ११ गते हुने परीक्षाका लागि साउन २८ देखी ३१ गतेसम्म फाराम बुझाउन सकिने छ ।  बिगत वर्षहरुमा काठमाडौंमा मात्र फाराम बुझाउने व्यबस्था गरिएकोमा भीड बढेपछि काठमाडौ बाहिर पनि फाराम भर्ने व्यवस्था गरिएको कार्यलयले जनाएको छ ।इपीएस मार्फत २६ हजार नेपाली कोरिया पुगिसकेका छन् ।