मलेसियामा एल्बम विमोचन

साउन १५, मलेसिया–मुस्लीम समुदायको महान चार्ड हरिरायाको अवसर पारेर कृण्ण पुलामिको दोस्रो प्रस्तुती फ्रेन्डसिप धमका –२ मलेसियामा धुमधामका साथ सम्पन्न गरियो ।

यहि १३ गते जोहोर मुहारमा भएको उक्त कार्यक्रममा करिब २ हजार दर्शकको उपस्थीति रहेको थियो । यसमा प्रवासी कलाकारहरुको कला प्रस्तुत गर्नुको साथै  एल्बम पनि सार्वजनिक गरिएको थियो । मनोज परियारको लोकदोहोरी गीत ‘सम्पर्क मै छैनौँ…’, सिबु घर्ती मगर र जिबन बस्नेतको ‘पऱ्यो मलाई रुन…’, उमेश खडका र दिनेश खड्काको ‘सुनकोसिमा आयो…’ उमेश लोप्चनको ‘साच्चै माया गर्छौ भने…’, मनोज राईको ‘अधुरो प्रेम…’, आइदिप प्रधानको ‘तिम्रो सम्झनामा…’ लगायत गीति संग्रहलाई

राजेश पायल राई, देवी घर्ती मगर, राजु ढकाल लगायत कलाकारले विमोचन गरे । कृष्ण पुलामी मगर आयोजक, लालिगुरास युवा मञ्च र प्रवासी कलाकार मञ्चको सह आयोजनामा कार्यक्रम गरिएको थियो ।
मलेसियावाट, मनोज परियार