मुलुकको हितमा विद्युत सम्झौता गर्नुपर्छ : एमाओवादी

साउन १५, काठमाडौँ –  एकीकृत नेकपा माओवादीले मुलुकको हित हुने गरी हालको बजार मूल्यका आधारमा भारतसँग विद्यतु ब्यापार सम्क्झौता गर्नुपर्ने निस्कर्ष नकालेको छ । एमाओवादीको बिहिबार बसेको स्थायी समितिको बैठकले भारतले पठाएको प्रस्ताव अस्वीकार गरि नयाँ प्रस्तावमा सम्झौता गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति, ऊर्जा विभाग र केही आमन्त्रित सदस्यहरुको संयुक्त बैठकले बजार मूल्यका आधारमा व्यापार सम्झौतामात्रै गर्नुपर्ने निष्कर्ष निकालेको प्रवत्तःा दिनानाथ शर्माले बताए ।

बैठकले देशको आबश्यकता र चाहाना अनुसार मात्रै सम्झौता गर्न पनि सरकारलाई सुझाव दिएको प्रवक्ता शर्माको भनाई छ ।  सन् २०१० मा नेपालले प्रस्ताव गरेको मस्यौदाका आधारमा विद्युत् व्यापार सम्झौता गर्न सरकारलाई आग्रह गर्ने निणर्य पनि बैठकले गरेको छ  ।