बहुविवाह गर्ने तीन बर्ष पछि पक्राउ

साउन १५, सुनसरी  – बहुबिबाह गरेको अभियोगमा अदालतको फैसला पछि फरार रहेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । लालमणी खनाललाई प्रहरीले तीनबर्षपछि पक्राउ गरेको हो ।

२०६८ सालमा दोस्रो बिबाह गरि २०६९ सालमा जिल्ला अदालतको जेल र सजायको फैसला पछि फरार रहेका खनाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतले ११ महिना १६ दिन जेल सजायँसँगै २५ हजार जरिवाना तोकेको प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।