यौनधन्दामा संलग्नहरु जेल चलान

साउन १५,  इटहरी –  ईटहरीमा अवैध यौनधन्दा चलाएको अभियोगमा प्रक्राउ परेका सातजनालाई जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि भन्दै जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत ईटहरीका  न्यायाधीश शारदाप्रसाद कोइरालाको एकल इजलासले ईटहरीमा  होटल तथा रेस्टुरा चलाउँदै आएका राधा तामाङ महर्जन, राधा आचार्य प्रधान, ज्ञानमाया राई, सपना शाक्य श्रेष्ठ, सावित्री भण्डारी गिरी र मनोज चौधरीलाई  जेल चलान गरेको हो । गत असार १६ गते इलाका प्रहरी कार्यालय इटहरीको टोलीले उनिहरुलाई  यौनधन्दा चलाएको भन्दै पक्राउ गरि मानव बेचबिखन तथा जीउ मास्नेबेच्ने अभियोग अन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर  गरेको थियो  ।