सभासदद्धारा पुर्वाधार विकासको माग

साउन, १५, काठमाडौँ  –   व्यवस्थापिका–संसदमको आजको बैठकमा सभासदहरुले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका समयमा नेपालले  पूर्वाधार विकासका साथै ऊर्जा विकासमा ध्यान दिन आग्रह गरेका छन् ।    बैठकमा समय लिएर बोल्दै नेपाली काँग्रसका सभासद धनराज गुरुङले खेलकुदले मानिसलाई स्वस्थ र तन्दुरुस्त मात्र बनाउँदैन मानिसभित्र रहेको राष्टियताको भावना पनि जागृत गराएर राष्टियतालाई बलियो बनाउने गर्दछ तर राजनीतिक छाँयाका कारण खेलकुद क्षेत्र अहिले अस्तव्यस्त बन्न पुगेको धारणाा राखे ।

सांसद अखिलाल ओखेडाले मानसरोवर जाने क्रममा करिव पाँच हजार नेपाली तीर्थयात्री अलपत्र परेकाले उनीहरूको लागि प्रवेशाज्ञाको व्यवस्था गर्न माग गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको अहिले चर्चा चलेको प्रसंगमा पञ्चेश्वर आयोजनालई अघि बढाउन, सीमामा हुने दुःख कष्ट र सीमा डुवानका समस्या हटाउने बारेमा पनि छलफल हुनुपर्ने बताए ।

सांसद नरसिंह चौधरीले धैरै लामोसमयपछि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणमा विशेष हुलाकी राजमार्ग लगायतका पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

सांसद डा बावुराम पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले उत्साहित नेपालले भारतसँग द्विपक्षीय वार्ता र विविध सम्झौता गर्न लागेको अवस्थामा  पूर्वाधार विकास र ऊर्जा विकासमा भारतसँग मिलेर काम गर्न र  माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भारतीय कम्पनी जिएमआरसँग एमओयु भइसकेकाले त्यसलाई कार्यान्वयन गर्न सुझाव दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपाल भ्रमणका लागी यही १८ गते नेपाल आउँदै छन् ।