हिरोसिमामा परमाणु बम खसाल्नेको मृत्यु

साउन १५ , काठमाडौं  – जर्जिया– जापानको हिरोसिमामा परमाणु बम खसाल्ने अमेरिकी विमानका पाइलट थियोडोर वान क्रिकको ९३ वर्षको उमेरमा जर्जियामा मृत्यु भएको छ ।  डचु उपनामले चिनिने क्रिक परमाणु बम खसाल्ने  इनोला गेु नामक विमानको चालक दलका अन्तिम जीवित सदस्य थिए।

उनी सो विमानको चालक दलका सदस्य रहँदा २४ वर्षका थिए।  ६ अगस्ट १९४५ मा हिरोसिमामा भएको परमाणु आक्रमणमा एक लाख चालिस  जारभन्दा बढीको मृत्यु भएको थियो। तर क्रिकले आफ्नो कर्मप्रति अहिल्यै अफशोस जताएनन्।

सो कदमको बचाउमा उनी भन्ने गर्थे– जसले गर्दा दोस्रो विश्वयुद्ध टुंगियो। अवकाशप्राप्त कर्मचारीहरू बस्ने निवासमा उनको प्राकृतिक मृत्यु भएको छोरा डम वान क्रिकले समाचारसँग एपीलाई बताए। उनको अन्तिम संस्कार आगामी साता पेन्सिलभेनियामा हुने स्रोतले जनाएको छ।