आहा, खिर….

साउन १५ , काठमाडौं – आज खीर खाने दिन । साउन १५ गते नेपालीहरुले खिर खाएर मनाउ“दै आएका छन् । असार १५ मा दही च्यूरा खाने प्रचलन छ भने साउन १५ मा खिर खाने गरिन्छ । असारको हिलो मैलोबाट छुटकारा पाएपछि साउन १५ मा खीर खाई थकान मेट्ने गर्दछन् । असारको रोजाईमा थाकेको शरीरलाई उर्जा दिन र निरोगी रहन भन्दै आजका दिन घर घरमा मिठो खीर पकाई आफना आफन्तलाई खुवाने गरिन्छ । खिर खानाले स्वास्थ्यमा समेत निके फाइृदा पुग्ने स्वास्थ्कर्मी बताउछन् ।  हिन्दु परम्परा अनुसार अक्षय तृतीयाका दिन जौको सातु संगै. सर्वत , कात्तिक महिनामा हरिबोधनी एकादशीका दिन पि“डालु , सखरखण्ड ,तरुल , हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूण्ँिर्माका दिन नौथरि गेडागुडी मिसाएको क्वा“टी खाने चलन रहेको छ ।