संसदमा विनियोजन विधेयकमाथि छलफल शुरु

साउन १५ , काठमाडौं  – व्यवस्थापिका संसदमा आजदेखि विनियोजन विधेयकमाथिको छलफल शुरु हुदैछ । आज पहिलो दिन पर्यटन, संस्कृति, नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

शर्माका अनुसार गएको असार २९ गते नै सरकारले बजेट सार्वजनिक गरेको र अघिल्लो हप्तादेखि नै विनियोजन विधेयकमाथि छलफल हुने भने पनि रातो किताब आउन ढिलाइ भएका कारण आजदेखि मात्र छलफल शुरु हुन लागेको हो ।

राष्ट्रिय योजना आयोगले जिल्लागत कार्यक्रम तथा बजेट छुट्टयाइएको रातो किताब हिजो सबै सभासद्का लागि उपलब्ध गराएपछि आजदेखि छलफल शुरु हुन लागेको हो । छलफल भदौ ५ गतेसम्म हुने तय भइसकेको छ ।