प्रत्येक नेपालीलाई साढे ३ हजार विकास बजेट

साउन १५ , काठमाडौं  – जिल्लागत रुपमा सञ्चालन गरिने विकास कार्यक्रममा औसतमा प्रत्येक नेपालीको भागका ३ हजार ५ सय ८० रुपैयाँ बजेट परेको छ । चालू आर्थिक वर्ष ०७१(७२ मा जिल्लागत रुपमा सञ्चालन गरिने विकास कार्यक्रमका लागि ९४ अर्ब ८४ करोड १८ लाख ११ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

०६८ को २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनसंख्याका आधारमा जिल्लागत विकास कार्यक्रमका लागि प्रतिव्यक्ति ३ हजार ५ सय ८० रुपैयाँ विनियोजन गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
जिल्लागत रुपमा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम मनाङले बजेट पाएको छ ।

चालू आर्थिक वर्षमा जिल्लामा सञ्चालन गरिने विकास कार्यक्रमका लागि काठमाडौंले सबैभन्दा बढी ३ अर्ब ४१ करोड ७६ लाख र मनाङले सबैभन्दा कम ३० करोड ३४ लाख ६३ हजार रुपैयाँ मात्रै पाएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।