चरम यातना तराईमा बुहारी आत्महत्याको कारक

साउन १५ , वीरगंज – घरमा भित्रयाएकी पत्नी वा बुहारीलाई चरम शारीरिक र मानसिक याताना दिएर आत्महत्या गर्न बाध्य बनाउने घटना तराईमा बढिरहेका छन् । तर घुमाउरो परिस्थिति र कानुन अभावमा यसरी यातना दिएर आत्महत्या गर्न बाध्य पार्ने दोषीले भने उन्मुक्ति पाउँदै आएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

आवरणमा आत्महत्या देखिएपनि पुष्ठभूमिमा पारिवारिक हिंसा र अत्याचार बढी जिम्मेवार देखिने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आर्थिक वर्ष २०१७( ७१ मा १० जना विवाहित महिलाले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरे ।

प्रहरी प्रतिवेदनमा घरायसी विवाद का कारण आत्महत्या भएको उल्लेख गरिएपनि प्रत्येक घटना केलाउँदा घरेलु हिंसा मसख्य कारक रुपमा देखा परेको छ । आत्महत्या गर्ने विवाहित महिला १९ देखि ३५ वर्षसम्मका छन् । दाइजोको निहुँमा परिबारका सदस्यबाट पाएको याताना सहन नसकेर वीरगंज १७ पिपराकी १७ वर्षीया अनितादेवी पटेलले आइतबार घरभित्रै झुन्डिएर आत्महत्या गरिन ।