मन्त्री पाण्डेद्धारा मोदी भमणबारे संसदलाई जानकारी

साउन १४, काडमाडौँ –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमण र नेपाल—भारत संयुक्त आयोगको बैठकबारे परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आज व्यवस्थापिका संसदलाई जानकारी गराएका छन् । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी संसद्को बैठकमा बोल्दै मन्त्री पाण्डेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, औपचारिक निम्तोमा दुई दिने भ्रमणमा यहि साउन १८ गते नेपाल आउनुहुने जानकारी गराएका हुन् ।

समकक्षी सुशील कोइरालाको निमन्त्रणामा आउनलागेका मोदीले प्रधानमन्त्रीसँग छुट्टै भेटवार्ता गर्ने र अन्य निकायसँग सामूहिक भेट गर्ने कार्यक्रम तय भएको छ । मोदीको भ्रमणको सदुपयोग गर्ने र सरकारले व्यवस्थापनको सम्पूर्ण तयारी  गरिसकेको मन्त्री पाण्डेको भनाइ छ ।

यस्तै, मन्त्रि पाण्डेले नेपाल–भारतको संयुक्त आयोगको बैठकमा सन् १९५० को सन्धि पुनर्बिचार गर्ने मुख्य बँुदामा सहमति भएको जानकारी गराए । उनले सो सन्धि पुनरावलोकन गर्न परराष्ट्र सचिवस्तरीय संयन्त्र निर्माण गरी त्यसमार्पmत् छलफल गरेर सिफारिस गर्ने निर्णय भएको बताए ।

नेपालको भौतिक पुर्वाधार, उर्जा विकास, सिमा स्तम्भहरु पुननिर्माणमा दुवै पक्षको सहभागि हुने र सीमामा ओहोरदोहोर गर्न दुबै देशले सहज व्यवस्था मिलाउने विषयमा पनि सहमति भएको पाण्डले बताए ।

यसैबीच, बजेटको रातो पुस्तिकप्रति सत्तारुढ र विपक्षी दलका सभासद्हरुले विरोध जनाएका छन् । संसद्मा आज उपलब्धि गराइएको रातो पुस्तिकामा आ–आप्mनो क्षेत्रमा बजेट नपारिएको, बजेट कनिका भैंm छरेकोलगायत विषयमा उनीहरुले आपत्ति जनाएका हुन् ।