ग्याँसको मुल्य बढ्ने

साउन १४ ,  काठमाडौं ।  घरायसी र व्यवसायीक प्रयोजनका लागि ग्यासमा दोहोरो मुल्य लागु गर्नेसम्बन्धी नेपाल आयल निगमले तयार पारेको कार्यविधिले अन्तिम रुप पाउन अझै केही दिन लाग्ने भएको छ ।

  निगमले तयार पारेको कार्यविधि माथि छलफल जारी रहेकाले यसले अन्तिम रुप पाउन केही समय लाग्ने निगमका प्रबक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

निगमले कार्यविधिलाई अन्तिम रुप दिएपछि वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पुनस् छलफल हुनेछ । छलफलपछि साउनभित्रै दोहोरो मुल्य कार्यान्वयवन गर्ने तयारी निगमको छ ।

दोहोरो मूल्य लागू भएपनि घरायसी प्रयोजनको ग्यासको मूल्य भने यथावतै राख्ने सरकारको तयारी छ । ग्यासबाट अधिकतम घाटा ब्योहर्दै आएको निगमले दोहोरो मूल्य मार्फत घाटा न्यूनीकरण गर्न लागेको हो ।