‘सिंघम रिटर्न्स’ विवाद उत्कर्षमा

काठमाडौँ – अजय देवगन स्टारर फिल्म  ‘सिंघम रिटर्न्स’को रिलीजको लागि केहि दिन मात्र बाँकी छ, तर यो चलचित्रलाई लिएर ठुलो विवाद खडा भएको छ । हालै एक दक्षिणपन्थी हिन्दु संगठनले चलचित्रमा हिन्दु सन्तको गलत छवि देखाएको भन्दै विरोध जनाएको हो । उसले चलचित्र रिलीजमा रोक लगाउनुपर्ने माग गरेको भारतिय मिडियाहरुले जनाएका छन् । उक्त संगठनको नाम हिन्दु जनजागृति समिति हो । समितिलाई मान्ने हो भने चलचित्रमा एक हिन्दु सन्तलाई गलत तरिकाबाट प्रस्तुत गरिएको छ ।

यसबारेमा समितिका रमेश शिंदेले भनेका छन् कि उक्त चलचित्रले हिन्दुको धार्मिक भावनालाई आहत गरेको छ । शिंदेका अनुसार, ‘चलचित्रमा एक हिन्दु सन्तलाई खलनायकको रुपमा देखाईएको छ । यसका नायक अजय देवगन उसलाई धम्काउँदै भन्छन् – ‘मैं तेरा दो कौड़ी का प्रवचन सुनने नहीं आया हूं’ । यतिमात्र नभएर अजयले सन्तलाई मार्ने धम्की समेत दिन्छन् । यसकारण हिन्दुको आस्थामा आहत भईरहेको छ’ ।

यसै सन्दर्भमा हिन्दु जनजागृतिबाट सेन्ट्रल फिल्म सेन्सर बोर्ड र प्रोड्यूसरलाई पत्र लेख्दै उक्त दृश्य नकाटी रिलीज भएमा देशभर विरोध प्रदर्शन गरिने बताएका छन् । रोहिट शेट्टी निर्देशित यो चलचित्र १५ अगष्टमा रिलीज हुँदैछ । चलचित्रमा अजय देवगनको अलावा करीना कपूर, अमोल गुप्ते, अनुपम खेर र दयानंद शेट्टी मुख्य भूमिकामा छन् ।