साना जलविद्युत् आयोजना सम्पन्न

साउन १४, हुम्ला – हुम्लाको कालिका गाविस र श्रीनगर गाउँमा साना जलविद्युत् आयोजना पाँच वर्षपछि सम्पन्न भएको छ । करिब  २५ करोडको लागतमा सम्पन्न भएको १०० किलोवाट क्षमताको आयोजनाबाट ६३० घरधुरी लाभान्वित  भएको  उपभोक्ता समितिले जनाएको  छ । सो आयोजनाको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गरिबी निवारण कोष, पश्चिम उच्च पहाडी आयोजना, जिल्ला विकास समिति र ग्रामीण जलस्रोत परियोजनाको समेत आर्थिक सहयोग रहेको बताइएको छ  ।