ईजरायली आक्रमणमा एकै दिन १ सय बढीको मृत्यु

साउन १४, काठमाडौँ –  गाजामा भएको ईजरायली आक्रमणमा हिजो एकै दिन १ सय भन्दा बढीको मृत्यु भएको छ । ईजरायलले गरको हवाई हमलामा सात परिवारका सबै व्यक्तिले ज्यान गुमाएको अन्तराष्टिउ संचार माध्यमले जनाएको छ ।

यो आक्रमण पछि प्यालेष्टानले ईजरायललाई मानवीय संवेदनाका आधरमा २४ घण्टाका लागि युद्धबिराम गर्न प्रस्ताव गरेको छ । ईजरायलले गाजामा विद्युत आपूर्ति गर्ने ऊर्जा संयन्त्र माथी आक्रमण गरेपछि शहरमा बिजुली तथा खानेपानीको आपूर्ति पनि बन्द भएको छ ।

गत २३ दिनदेखि ईजरायलले जारी राखेको आक्रमणमा आम नागरिकलाई आवश्यक आधारभूत संरचना पनि सबै नष्ट गरिदिएको छ ।  इजरायलले गाजाबाट आफ्नो क्षेत्रमा रकेट प्रहार हुन नदिन र सुरुङी आक्रमण निस्तेज पार्न आक्रमण जारी राखेको जनाएको छ । ईजरायली आक्रमणमा परी गाजामा हालसम्म १ हजार १ सय १५ जनाको मृत्यु भईसकेको छ ।