चेस ओलम्पियाडमा सहभागि हुन नेपाली टोलि जाँदै

साउन १४, काठमाडौँ –  नर्बेको ट्रोम्सोमा हुने ४१ औँ चेस ओलम्पियाडमा सहभागी हुने १६ सदस्य रहेको नेपाली टोली आज त्यसतर्फ जाँदै छ ।

अगष्ट १ देखि १४ सम्म सञ्चालन हुने प्रतियोगितामा विश्वका १ सय ८१ राष्ट्रको सहभागिता रहनेछ । नेपाली पुरुष खेलाडीमा केशव श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, मनिस हमाल, सुजेन्द्रप्रसाद श्रेष्ठ र सजिन मर्हजन रहेका छन् ।

यस्तै महिला खेलाडीमा बीना जैसवाल, मोनालिसा खम्बु, अस्मिता अधिकारी, सङ्गीता जैसवाल र सुरुची थिङ रहेका छन् ।