छोरीको स्मृतिमा गाउँलेलाई सडक

साउन १४, मकवानपुर  –  मकवानपुरको शिखरपुर गाविस २ मा भएको अग्नी एयरको डोर्नियर विमान दुर्घटनामा परेकी छोरी सारा र पत्नी अन्जुको स्मृतिमा बुबाले ग्रामिण  नागरिकलाई उपहार स्वरुप सडक निमार्ण गरेका छन् ।

विमानकी एयर होस्टेज सारा शेर्पा र हालै निधन भएकी पत्नी अन्जुको स्मृतिमा दोर्जे छिरिङ शेर्पाले शिखरपुर गाविस २ बस्तीपुरबाट भिरालो हुँदै हात्तीसुडेसम्म आवजजावत गर्न सकिने गरी करिव ६ किलामिटर कच्ची सडक निमार्ण गरेका हुन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छ ।

अव करिव १० दिनमा ट्रयाक खोल्ने काम सकिएपछि हात्तीसुँडेबाट फापरबारी पुग्ने सडक संचालनमा आउने उनले बताए । विमान दुर्घटना भएको स्थलमा जापानी विरुवा रोपिएको छ । २०६७ भद्यौ ८ गते भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो ।