राप्रपामा राणाविरुद्ध थापा पनि मोर्चाबन्दीमा

साउन १४, काठमाडौँ – संसदीय दलको निर्वाचनपछि राप्रपाभित्र नयाँ समीकरण बन्न लागेको छ । पार्टीका निवर्तमान अध्यक्ष सूर्यबहादुर थापालाई संसदीय दलको नेता बनाउने आन्तरिक सहमति तोडेर अध्यक्ष पशुपतिशमशेर राणाले महामन्त्री दीपक बोहरालाई बनाएपछि थापा पक्ष असन्तुष्ट बनेको छ ।

थापाले जोखिम मोल्दै राणालाई अध्यक्ष बनाएको तर राणाले धोका दिएको थापा पक्षको आरोप छ । स्रोतका अनुसार दलको निर्वाचनपछि थापा पक्षले अध्यक्षमण्डलका सदस्य डाक्टर प्रकाशचन्द्र लोहनीलाई साथमा लिएर राणाविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको हो ।

थापा पक्ष केही केन्द्रीय सदस्यले सोमबार नेता लोकेन्द्रबहादुर चन्द र मंगलबार लोहनीसँग भेट गरी सहमतिबारे छलफल गरेका छन् । उनीहरुले हस्ताक्षर अभियान समेत थाल्ने बताएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।