एकमहिने गुँला पर्व सुरु

साउन १४, काठमाडौँ –  नेवार समुदायले मनाउने गुँला पर्व काठमाडौँ उपत्याकामा सुरु भएको  छ । विशेषगरी उपत्यकाको भक्तपुरमा मनाइने पर्व आर्थिक अभावका कारण लोप हँुदै गएको प्रसिद्ध गुँला पर्व यस वर्ष भक्तपुरको मध्यपुरथिमिमा सुरु भएको छ ।

गुँला बाजा बजाउनका लागि रकम नभएपछि गत वर्ष अति आवश्यक बाजाबिना नै मनाइएको पर्व यस वर्ष भने मध्यपुरथिमि नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेपछि बाजासहित मनाउन लागिएको स्थानीय  न्यहुच्छे बज्राचायले जानकारी दिए ।

बज्राचार्य समुदायले सञ्चालन गर्दै आएको यो पर्व प्रजापति समुदायले पनि आफ्नै बाजागाजासहित मनाउन सुरु गरेको छ । भदौ १० गतेसम्म चल्ने यस पर्वमा हरेक दिन दुईदेखि ३०० धर्मावलम्बीको सहभागिमा बाजासहित प्रत्येक दिन बिहान नगरका विभिन्न मठ मन्दिर परिक्रमा गरेर विशेष पूजा गर्ने चलन छ ।