महोत्तरीका सोह्र गाविस सचिव अख्तियारको फन्दामा

साउन १३, महोत्तरी –  गाविसको बजेट अनियमितता गरेको आरोपमा महोत्तरीका विभिन्न १६ वटा गाविसका सचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन् ।

जनताका लागि आएको बजेट दुरुपयोग गरेको आरोपमा महोत्तरीका १६ जना गाविस सचिवमाथि आयोगले छानबिन सुरु गरेको हो ।

राम नारायण झा, देवनारायण यादव, मुकेश झा, त्रिभुवन सिंह, रामतपेश्वर साह लगाएत गाविस सचिबले अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारको कारबाहीको सूचीमा रहेको तथा विवादित छवि भएको भएपनि उनीहरुमध्ये अधिकांश सचिवलाई जिल्ला विकास समिति महोत्तरीले थप कामका लागि एकभन्दा बढी गाविसको कार्यभार सुम्पेको छ ।