मोदी भ्रमणको तयारी तिब्र

साउन १३, काठमाडौँ  –  साउन १८ गते दुई दिने नेपाल  भ्रमणमा आउने तयारी गरेका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  नेपाल  आएकै दिन संसदमा संवोधन गर्ने तयारी भएको छ ।  यसका लाागि संसद सचिवालयले विशेष व्यवस्था गर्न गृहकार्य थालेको छ । संसद सचिवालयले मोदीलाई कसरी संसदमा प्रवेश गराउनेदेखि सम्बोधनका विषयमा अध्ययन गर्न अध्ययन टोली नै गठन गर्ने तयारी गरेको छ ।

मोदीको सम्बोधनलाई व्यवस्थित बनाउन सचिवालय  र भारतीय दुतावासका कर्मचारी सम्मिलित एक अध्ययन टोली गठन गरिने भएको हो । भुटानको संसदलाई सम्बोधन गर्ने क्रममा भुटानको ठाँउमा नेपाल शब्द्ध प्रयोग गर्नुभएका मोदीले नेपालमा भने लिखित संबोधन गर्ने व्यवस्था मिलाईएको  छ । मोदी संसदमा प्रवेश गर्दा राष्ट्रपति कै शैली अपनाउने व्यवस्था गरिने भएको छ । संसदमा पुगेपछि मोदीले सम्बोधन गनेछन् ।