सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्छ : ओली

साउन १३, काठमाडौँ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका क्रममा नेपाली काँग्रेससँग भएको सात बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने बताएककका छन् ।
उपचारका लागि सिङ्गापुर गएका ओली आज स्वदेश पर्के लगत्तै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सात बुँदे सहमति दराजमा थन्काउन नगरिएकाले तत्काल कार्यान्वयन हुने बताएका हुन् ।

उनले संविधानसभामा २६ जना सभासद्को मनोनयन तत्काले हुने पनी बताएका छन् ।
उपचारका क्रममा फलोअपका लागी यही साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका ओली सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ९ गते डिस्चार्ज भएका थिए ।