बाघ संरक्षण दिवस मनाइदै

साउन १३, काठमाडौँ –  ‘बाघलाई अहिल्यै संरक्षण गरौं’ भन्ने सन्देश साथ आज विश्वभर बाघ संरक्षण दिवस मनाइदैछ । नेपालमा पनि दिवशका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइदैछ । बाघ संरक्षणमा जनचेतना बढाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

नेपालले सन २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने भन्दै २००९ देखि बाघ संरक्षणमा विभिन्न प्रयास गर्दै आएको छ । सन २००८ को गणनामा नेपालमा बाघको संख्या एक सय २१ थियो ।

अहिले यो संख्या बढेर एक सय ५५ पुगेको छ । चोरी शिकारीको कारण बाघ घट्ने क्रम जारी रहिरहे आगामी दश वर्षमा विश्वबाट लोप हुने खतरा रहेको संरक्षणविदहरुले बताएका छन ।

नेपाल, भारत, बंगलादेश, चीन, भुटान, थाइल्याण्ड, म्यान्मार, रुस, भियतनाम, कम्बोडिया, दक्षिण कोरिया, मलेशिया र लाओस गरी १३ देशमा बाघ पाइन्छ ।