मिसाईल आक्रमणमा १० जनाको मृत्यु

साउन १३, काठमाडौँ  – ईजरायलले गाजामा गरेको पछिल्लो मिसाईल आक्रमणमा परी ८ बालबालिका सहित १०  जनाको मृत्यु भएको छ । एक खेल मैदानमा खेल्दै गरेका बालबालिकामाथि ईजरायलले क्षेप्यास्त्र हमला गरेको हो ।  ईजरायली सेनाले भने हमासले आफुहरुलाई लक्षित गरी प्रहार गरेको क्षेप्यास्त्र बालबालिका खेलिरहेको मैदानमा खसेको दावी गरेको छ ।

हमासले भने सो आरोपलाई गैह्र जिम्मेवार भन्दै ईजरायलको सो कदमलाई कायरताको संज्ञा दिएको छ । यस्तै हमासले ईजरायली सेनाले गाजाको सबैभन्दा ठुलो शिफा अस्पतालमा आक्रमण गरेको आरोप लगाएको छ ।

आक्रमणबाट सयौं घाईते तथा बिरामीको उपचार प्रभावित भएको छ । यता, ईजरायलले भने आफुबिरुद्ध प्रहार गरिएको मिसाईल अस्पतालमा खसेको दावी गरेको छ । गाजामा ईजरायली आक्रमणमा परी अहिलेसम्म १ हजार ३० जनाको मृत्यु भईसकेको छ ।