मेसिविरुद्धको कर छली प्रकरण पुनः बल्झियो

साउन १३, काठमाडौँ – बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेसिविरुद्धको कर छली प्रकरण पुनः बल्झिएको छ । त्याहाँको अदालतले अर्जेन्टिनी सरकारलाई मेसिले बुझाएको कर न्युन भएको भन्दै मेसिको आम्दानीमाथिको अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

मेसिका बाबु जर्जले बुझाएको ५ मिलियन पाउण्ड मेसिको आम्दानीको तुलनामा निकै कम भएको भन्दै अदालतले पुनः अनुसन्धान गर्न आदेश दिएको हो ।   यता, मेसिले भने आफ्नो आयको व्यवस्थापन गर्ने जिम्मेवारी आफुले एउटा छुट्टै वित्तीय टिमलाई दिएको हुनाले छलीमा आफ्नो सहभागिता नरहेको प्रस्ट पारेका छन् ।

अदालतले भने मेसिको सो दावीका सम्बन्धमा दरिलो प्रमाण आवश्यक भएको भन्दै थप अनुसन्धान अघि बढाउन सरकारलाई आदेश दिएको हो ।