भदौ २७ देखि थाहा महोत्सब

साउन  १३, मकवानपुर –  मकवानपुर उद्योग वाणिज्य सङ्घ र थाहा नगरपालिकाको संयुक्त आयोजनामा आगामी भदौ २७ गतेदेखि असोज ४ गतेसम्म दामनमा कृषि, पर्यटन व्यापार तथा थाहा महोत्सव आयोजना गरिने भएको छ ।  मेलामा मौसमी तरकारी, फलफूल, कृषि उपज, हस्तकलाका सामग्रीलगायत १२५ कक्ष राखिने बताइएको छ ।

यसैबिच  मकवानपुर जिल्लाको उत्तरी  क्षेत्रमा पर्ने नवगठित थाहा नगरपालिकाको प्रथम नगरपरिषद्ले चालु आव २०७१÷०७२ का लागि रु ११ करोड ७९ लाख ४४ हजारको विकास बजेट स्वीकृत गरेको छ । नगरपरिषद्ले चालु आवमा पुँजीगततर्फ  दुई करोड २२ लाख छुट्टयाएको हो ।  नगरपरिषद्ले उत्तरी क्षेत्रमा मौसमी तरकारी खेती, फलफूल र वनस्पति खेतीलाई उच्च प्राथमिकता दिएको छ ।