वालुवाटारमा कांग्रेस पदाधिकारी बैठक

साउन १३ , काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमाजारी बैठकमा  सरकारले मनोनीत गर्न बाँकी २६ सभासद मनोनयन, संविधान निर्माण र काँग्रसका भावी रणनीति तय लगायतका विषयमा समेत छलफल भइरहेको वालुवाटार निकट स्रोतले जनाएको  छ  ।

यस्तै बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफलभइरहेको प्रमका प्रेस  सल्लाहाकार प्रकाश अधिकारीले जानकारी दिए । वैठकमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल हुने बताइएको  छ ।  सरकारले मोदीको नेपाल भ्रमणका बेला विभिन्न सम्झौता सहीत पछिल्लो समय चर्चामा रहेको ऊर्जा व्यापार सम्झौता गर्ने तयारी गरेको छ ।