एमाले अध्यक्ष ओली आज स्वदेश फकिर्दै

साउन १३,     काठमाडौँ  – स्वास्थ्य परिक्षणका क्रममा फलोअपका लागी  सिङ्गापुर गएका  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज  स्वदेश फर्कंदै छन् । अध्यक्ष ओली आज मध्याह्न काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको उनी निकट नेता भानुभक्त ढकालले इमेल खबरलाई जानकारी दिए ।

अध्यक्ष ओली सिङ्गापुरमा नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई यही साउन ९ गते डिस्चार्ज भएका थिए  । उनी  फङ्गल सङ्क्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिङ्गापुर गएका थिए ।  अध्यक्ष ओलीका स्वास्थ्यमा पूर्ण सुधार आएको र  हातको समस्यामा सुधार आएको  स्वकीय सचिव रमेश आचार्यले बताए ।