आज इद पर्व मनाइँदै

साउन १३ , काठमाडौं  – मुस्लिम धर्मावलम्बीहरुको  पर्व इद उल फित्र आज  मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले इद उल फित्र मनाउने गर्दछन् ।   सरकारले मङ्गलबार इस्लाम धर्मावलम्बीको पर्व इद इदुल्ल फित्र परेकाले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त कुरा गृह मन्त्रालयद्वारा  जारी विज्ञप्तिमा जनाइएको छ । रमजान पर्व सकिएको भोलिपल्ट इद उल फित्र मनाउने गरिन्छ । यसैवीच राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपराष्ट्रपति परमामन्द झा, कांग्रेस उपसचापति रामचन्द्र पौडेल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यष पुशपति शमशेर राणा लगायत विभिन्न दलका नेताहरुले इद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।