भक्तपुरका इटा, गुजरातका टायल प्रयोग गरी ३२ करोडमा नयाँ राष्ट्रपति भवन बनाईदै

साउन १३ , काठमाडौं – राष्ट्रपति निवासका लागि अत्यन्त आकर्षक र भब्य भवन निमार्ण भइरहेको छ । करिव ३२ करोड रुपैयाँको लागतमा निमार्णाधीन भवनको सबै काम आगामी असार मसान्तसम्ममा सक्ने तयारी रहेको  छ ।

राष्ट्रपति रामवरण यादव हाल बस्दै आएको भवनको पछाडीपट्टी नयाँ भवन निमार्णको काम भइरहेको छ र झन्डै २० रोपनी क्षेत्रफलमा परिसर सहितको नयाँ भवन बन्न लागेको छ । नयाँ भवनमा अन्तर्राष्ट्रिय मापदन्डअनुरुप राष्ट्रप्रमुखका लागि आवश्यक पर्ने सबै सुविधा र सुरक्षा व्यवस्था उपलब्ध हुनेछ । भवनमा प्रयोग हुने इँटा भक्तपुरको हुनेछ । टायल भारतको गुजरातबाट ल्याइनेछ । गाह्रोको बाहिरी भागमा कलात्मक इँटाको प्रयोग हुनेछ । ती इँटा ललितपुरका हुनेछन् ।

नयाँ भवनभित्र पस्ने चारबाटा ढोका हुनेछन् । मूलढोका राष्ट्रपतिले मात्र प्रयोग गर्नेछन् । सुरक्षा संवेदनाशीलता अपनाएर ढोका बनाइनेछ । राष्ट्रपतिलाई भेट्न आउने करिव १ सय जना पाहुनाका लागि पकाउने र एकै पटक खुवाउन सकिने गरी छुट्टै भान्सा कोठा तथा हलको व्यवस्था समेत गरिएको छ । अन्डरग्राउन्ड कोठाहरु हुनेछन् । अन्डरग्राउन्डमा पनि शयन कक्ष रहनेछ । विदेशी पाहुनालाई पनि बस्न मिल्ने गरी नयाँ घर बनाइदैछ । आजको नयाँ पत्रिकामा खबर छ ।