संविधान निर्माणमा रचनात्मक भूमिका – थापा

साउन १२, ललितपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लोकतान्त्रिक संविधान निर्माणमा आफ्नो पार्टीको ् रचनात्मक भूमिका रहने बताएका छन्  ।

राप्रपा नेपाल ललितपुरद्वारा आज यहाँ आयोजित सङ्गठन सुदृढीकरण कार्ययोजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा अध्यक्ष थापाले पार्टीप्रति जनताको विश्वास बढ्दै गएको चर्चा गर्दै संविधानसभाको पहिलो निर्वाचनभन्दा दोस्रोमा जनताले अत्याधिक मत दिएको उल्लेख गरे ।

उनले संविधानसभा निर्वाचन सम्पन्न भएको आठ महिना बितिसक्दा पनि राजनीतिक तहमा ठोस सहमति हुन नसकेकामा दुःख व्यक्त गरे ।

बागमती अञ्चल प्रमुख बाबुकाजी प्रधानले सङ्गठनको कमजोरीका कारण अघिल्लो संविधानसभा निर्वाचनमा कम मत आएको बताए ।