राखेपको प्रसासन बिभाग जिम्मेवारी खनाललाई

साउन १२, काठमाडौँ  –  राष्ट्रिय खेलकुद परिषद् राखेप  अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कमल खनाललाई दिइएको छ । अधिकृत प्रथम श्रेणीका खनाललाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखबाट प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रशासन विभागको प्रमुख मदनजंग राणा हुनुहुन्थ्यो । अब राणाले खेलकुद प्रतियोगिता तथा योजना विभाग प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । खनाल २०४९ साल बैशाख १६ गते राखेप सेवामा प्रवेश गरेका हुन् ।

खनालले प्रशासनलाई अझ चुस्त–दुरुस्त बनाउनमा आफूले ध्यान केन्द्रित गर्ने बताए  ।  उनले परिषद्को इज्जत र सम्मानलाई अझ कसरी बढाउन सकिन्छ भन्नेमा अग्रसर हुने बताउदै परिषद्मा रहेका करार कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।