मोदी भ्रमण फलदायी बनाउन तिन दलको बैठक

साउन १२, काठमाडौँ  –  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणलाई सार्थक र फलदायी बनाउन प्रमुख ३ दलले संयुक्त रुपमा आवश्यक गृहकार्य गर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकमा प्रमुख तीन दलले मोदीको भ्रमणलाई नेपालको हितमा सदुपयोग गर्ने गरी विभिन्न मन्त्रालयका मन्त्रीहरुसंग छलफल अगाडि बढाउने सहमती कायम गरेको काग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौलाले जानकारी दिए  ।

यस्तै बैठकले कार्यतालिका अनुरुप संविधान निर्माणमा जुट्न सबै प्रतिवद्ध रहने निर्णय पनि गरेको छ । यस्तै बैठकमा भारतिय प्रधानमन्त्री मोदीको भ्रमणबारे छलफल भएको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले  जानकारी दिए । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिने सहमती पनि भएको नेता सिटौलाले बताए