असार महिनामा तीन सय ८३ महिला हिंसामा

साउन १२, काठमाडौ– यही असार महिनामा ३८३ महिलामाथि विभिन्न प्रकारका हिंसाका घटना भएका छन् ।
महिला पुन: स्थापना केन्द्र (ओरेक) मा दर्ता भएका र विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित समाचार अनुसार ३८३ महिला विभिन्न प्रकारका हिंसाबाट पीडित भएका हुन् ।
घरेलु हिंसा अन्तर्गत श्रीमान् तथा परिवारका सदस्यहरुबाट पीडित महिलाको सङ्ख्या १८६ रहेको छ । यसैगरी आफन्त, छिमेकी र शिक्षकबाट बलात्कारको शिकार ४७ जना महिला भएका छन् ।
यस्तै सामुहिक बलात्कारमा ५ जना, बलात्कारको प्रयासमा ९ महिला, बोक्सीको आरोपमा, बालविवाह, जातीय विभेदबाट पीडित महिला ३९, यौन हिंसामा १५, हत्या भएका १३, हत्याको प्रयास ८, बेचबिखनमा ६ जना, बेचबिखनको प्रयासमा ३८, आत्महत्या गर्नेमा ९ र अन्य गरी ३८३ जना महिला हिंसाको शिकार भएका छन् ।