राष्ट्रपति संसदबाट अनुमोदन हुनुपर्छ : मन्त्री गौतम

साउन १२, विराटनगर –   गृहमन्त्री वामदेव गौतमले संविधान जारी हुनु भन्दा पहिले  संसदबाट राष्ट्रपति   अनुमोदन हुनुपर्ने बताएका छन् ।  पूर्वाञ्चल क्षेत्रीय सुरक्षा बैठकका लागि भाग लिन विराटनगर आइपुगेका मन्त्री गौतमले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति लत्याउन नहुने भन्दै गौतमले राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्नुपर्ने कुरामा जोड दिएका हुन् ।

क्षेत्रीय सुरक्षा समितिको आजदृेखि विराटनगरमा सुरु बैठकमा सहभागी हुन पुगेका मन्त्री गौतमले  आन्तरीक ‘केही समस्याले गर्दा एआइजी अनुमोदनको बिषय लम्बिरहेको बताउँदै गौतमले यो बिषय पनि संविधान जारी हुने बेला या संविधान निर्माणपछि टुंगिने स्पष्ट पारेका छन् ।  गौतमले संविधानभासमा मन्त्रीपरिषदले मनोनित गर्नुपर्ने २६ जनाको टुंगो एमाले अध्यक्ष केपी शर्मा ओली उपचार गरेर फर्किए लगत्तै लाग्ने बताए ।

बैठकमा गृहसचिव, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक, नेपाली सेनाका पृतनापति, सुरक्षा अंगका उच्च अधिकारीहरु, पूर्वका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखहरुको सहभागी छन् । बैठकले आपराधिक गतिविधिको नियन्त्रण र सीमा सुरक्षाका बिषयमा छलफल गर्ने बताइएको छ ।