हिंसा अन्त्यगरी युद्धविराम गर्न अपिल

साउन १२, काठमाडौँ –  अमेरिकी विदेश मन्त्री जोन केरी र रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले पूर्वी युक्रेनमा जारी रहेको हिंसाको अन्त्यगरी युद्धविराम गर्न अपिल गरेका छन् । उनीहरुले आइतबार एक संयुक्त विज्ञप्ति प्रकाशन गरी सो आग्रह गरेको बिबिसीले जनाएको छ । पूर्वी युक्रेनमा  जारी रहेको हिंसाको अन्त्यका लागि वार्ताको पहल गर्नपनि आग्रह गर्नुभएको रसियाली विदेश मन्त्रालयले जनाएको छ ।

रसिया र अमेरिकाका वरिष्ट कूटनीतिज्ञहरु शान्ति वार्ताका लागि युद्धविरामको आवश्यकता रहेकोमा सहमत भएका र सोका लागि तत्कालै पहल गर्न आग्रह गरेका बताइएको छ ।  हालै सो क्षेत्रमा भएको मलेसियन एयरलाइन्सको विमान दुर्घटनाको छानबीनको काम  अघि बढिरहेकोले सो क्षेत्रमा शान्तिपूर्ण वातावरणका लागि पनि विश्वले अपिल गरेको छ ।

युक्रेनको पूर्वी क्षेत्रमा जारी रहेको हिंसाका लागि रसिया र अमेरिकाले एक अर्कालाई आरोप लगाउादै आएका छन् । युक्रेनमा जारी हिंसाका लागि रसियाको हात रहेको अमेरिकी आरोप छ ।      तर रसियाले भने त्यसको खण्डन गर्दै आएको छ । तर पूर्वी युक्रेनमा भने हिंसा जारी नै छ । सो हिंसामा परी सयौं नागरिकको ज्यान गइसकेको छ ।