एसि मिलान म्यान्चेष्टर सिटीसंग पराजित

साउन १२, काठमाडौँ –  अमेरिकामा जारी ईन्टरनेशनल च्याम्पियन कप अन्तर्गतको  खेलमा म्यान्चेष्टर सिटीले एसि मिलानलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । म्यान्चेष्टर सिटीका लागि जोभेटिकले २ तथा सिन्कलेयर नाभास, र लेचानोले एक–एक गोल गरेका थिए ।

खेल अवधिभर मिलानलाई दबाबमा राख्दै सिटीले अबको सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने प्रमाण पेश गर्न सफल भयो । मिलानका लागि मुन्टारीले एक मात्र सान्त्वना गोल गरेका  थिए  ।  उता गएरातीनै भएको अर्को खेलमा लिभरपुलले ओलेम्पीकसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।