सात हजार बिरुवा बितरण

साउन १२, कपिलवस्तु – कपिलवस्तुमा व्यवसायिक फलफुल खेतीतर्फ आकर्षित गर्न कृषि कार्यालयले ७ हजार बढी बिभिन्न फलफुलका बिरुवा बितरण गरेको छ । असार र साउनमा गरी कृषि कार्यालयले फलफुल खेतीको क्षेत्र बिस्तार गरी ब्यवासयिक खेतीमा कृषकहरुलाई प्रोत्साहन गर्न फलफुलका बिरुवा बितरण गरेको हो ।

आप, लिची, कागती, बेलौती, कटहर, अनारका बिरुवाहरु जिल्लाका ९ कृषि सेवा केन्द्र र कृषि कार्यालय मार्फत बितरण गरिएको कृषि कार्यालयका प्रमुख खुर्सेद अहमद खांलाई उद्रित गदै रेडियो परिवर्तन, कपिलबस्तुले समाचार पठाएको छ । यसैबिच जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी वितरण बाट ५ करोड ५१ लाख राजस्व संकलन गरेको छ ।

राहानी फाँटका अनुसार राहदानी बितरणबाट गत आ।ब  २०७०÷७१ मा ५ करोड ५१ लाख ५ हजार रुपैया आम्दानी भएको हो । सोही अवधीमा जिल्लामा ८ हजार ४ सय १९ जनाले एम।आर।पी राहदानी बनाएको छ  ।