संविधानका मुद्दामा सहमति खोज्न आज पनि वार्ता जारी

सनउन १२, कठमाडौँ –  संविधानसभा बाहिर रहेका राजनीतिक दल तथा पूर्वी पहाडी जिल्लामा भूमिगत गतिविधि सञ्चालन गरिरहेका सशस्त्र समूहसँग आज पनि वार्ता भइरहेको छ । हिजो छलफल गर्न बाँकी रहेका ४ वटा समुहसँग आज वार्ता भइरहेको संसद सचिवालयका प्रवक्ता तथा वार्ता समितिमा सहभागि एक सदस्य मुकुन्द शर्माले जानकारी दिए ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले हिजोदेखि इलाममा वार्ता सुरू गरेको हो ।  सभासद् आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले आइतबार किराँत जनवादी वर्कस पार्टी (सुमन वान्तवा समूह), जातीय मुक्ति मोर्चा नेपाल, स्टेट लिम्बूवान फोर्स र मञ्च सम्वद्ध सङ्घीय लिम्बूवान राज्य परिषद्सँग वार्ता गरेको छ । उनीहरुसँग चार बुँदे सहमति भएको छ ।

पहिलो चरणको वार्ता बिहान १० बजेदेखि इलामको चियाबारीमा सुरु भएको  छ भने अर्को चरणको वार्ता केही वेरमा सुरु हुने बताइएको  छ । आजको वार्ताप्छि पूर्वि नेपालका शसस्त्र समुहसँगको वार्ता सकिने समीतिले जनाएको  छ  ।