प्राधिकरणका हाकिम छुटाउन १ करोड १५ लाखको बैंक व्यारेन्टी

 साउन १२, काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक रामेश्वर यादवलाई थुनामुक्त गराउन नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेको छ। १ करोड १५ लाख रुपैयाँ आवश्यक परे विशेष अदालतलाई बुझाउने सर्तमा सो बैकले यादवलाई थुनामुक्त गराएको हो।

पूर्वकार्यकारी निर्दैशक यादवले बैंकलाई विश्वास दिलाउन काठमाडौंस्थित तिनकुने सुविधानगरको आफ्नै घरजग्गा धितो राखेका हुन्। यादवले बैंकलाई विश्वास दिलाएपछि उनका लागि ग्यारेन्टी बसेको पत्र बुझाएपछि विशेष अदालतले यादवलाई थुनामुक्त गरेको हो। गएको भदौं महिनादेखि थुनामा रहेका यादवलाई कमसल ट्रान्सफरमर खरिद गरेको आरोप लागेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।