किकले २ दिनमा ५० करोड कमायो

काठमाडौं –kick1 सलमान खानका  अन्य चलचित्र जस्तै किकले पनि शुरुवाती ब्यापार बाट नै शुभसंकेत निकाल्दै  २ दिनमा ५० करोड कमाएको छ ।

  यो चलचित्रमा सलमान सहित ज्याकलिन फर्नान्डिज, नवाजुद्दिन सुद्दिकी, रनदीप हुदा जस्ता कलाकार छन् ।

समीक्षकहरुले औसत चलचित्रको सज्ञा दिएको किकले शुरुको दिनमा २७ करोड कमाएको थियो ।

शनिबार मात्र रिलिज भएको यो चलचित्रले यस अघिको सलमानकै चलचित्र एक था टाइगरको रेकर्ड भने तोड्न सकेन ।

एक था टाइगरले रिलिज भएकै दिनमा ३२ दशमलव ९३ करोड कमाएको थियो भने उनको जय हो ले १७ करोड कमाएको थियो । एजेन्सीको सहयोगमा