सर्वोच्चमा मात्रै १८ हजार मुद्दा बाँकी

 साउन १२, काठमाडौं-  सर्वोच्च अदालतमा मुद्दाको संख्या १८ हजार नाघेका छन् । सर्वोच्चमा गत असारसम्म १८ हजार सात सय ५७ मुद्दा पुगेका हुन् । अघिल्लो वर्ष असारसम्म बाँकी मुद्दा १६ हजार चार सय ६६ मुद्दा थिए । आर्थिक वर्ष ०६९र७० मा १० वर्षयताकै कम मुद्दा फस्र्योट गरेको अदालतले आव ०७०र७१ मा फस्र्योटमा सामान्य सुधार गरे पनि मुद्दाको संख्या भने घटाउन सकेन । सर्वोच्च अदालतमा अघिल्लो वर्षको असारसम्म बाँकी रहेका १६ हजार चार सय ६६ मुद्दामा आव ०७०र७१ मा आठ हजार दुई सय १६ मुद्दा थपिएका थिए । थपिएकासहित २४ हजार ६ हजार ८२ मुद्दामा पाँच हजार नौ सय २५ मात्र फस्र्योट भएका हुन् । जम्मा मुद्दाको अनुपातमा फस्र्योटदर २४ प्रतिशत मात्र हो ।

आव ०६९र७० मा अदालतमा जिम्मेवारी सरेकासहित २० हजार आठ सय २५ मुद्दामा चार हजार तीन सय ५९ मुद्दा मात्र फस्र्योट भएका थिए । जसअनुसार मुद्दा फस्र्योटदर २१ प्रतिशत मात्र थियो । आव ०६९र७० मा १० न्यायाधीश मात्र रहेको सर्वोच्चमा हाल १३ स्थायी न्यायाधीश छन्, तर फस्र्योटमा भने सुधार आएको छैन । आव ०६८र६९ मा भने ३३ प्रतिशत मुद्दा फस्र्योट भएका थिए । आव ०७०र७१ मा पनि मुद्दा फस्र्योटमा तत्कालीन अस्थायी न्यायाधीश नै अगाडि रहेका छन् । अवकाशप्राप्त अस्थायी न्यायाधीश प्रकाश वस्तीले दुई हजार एक सय सात मुद्दा फस्र्योट गरेका छन् । अघिल्लो आवमा पनि वस्ती मुद्दा फस्र्योटमा पहिलो नम्बरमै थिए । मुद्दा फस्र्योटको दोस्रो स्थानमा न्यायाधीश सुशीला कार्की छिन् । कार्कीले वर्षभरमा एक हजार पाँच सय ८७ मुद्दा फस्र्योट गरेकी छिन् ।

यस्तै, न्यायाधीश कल्याण श्रेष्ठले एक हजार दुई सय नौ मुद्दा र प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले एक हजार दुई सय चार मुद्दा फस्र्योट गरेका छन् । शर्मा बढी मुद्दा फस्र्योट गर्ने न्यायाधीशको चौथो नम्बरमा परेका छन् । अस्थायी न्यायाधीश तर्कराज भट्ट बढी मुद्दा फस्र्योट गर्ने न्यायाधीशको पाँचौँ नम्बरमा परेका छन् । भट्टले एक वर्षमा एक हजार एक मुद्दा फस्र्योट गरेका छन् । सर्वोच्चमा १४ जेठबाट आठ स्थायी न्यायाधीशसमेत थपिएका छन् । वैद्यनाथ उपाध्याय यसअघि पनि सर्वोच्चमै निरन्तर कार्यरत भए पनि अन्य सात भने नयाँ हुन् । उपाध्यायले ११ महिनाको कार्यावधिमा नौ सय पाँच मुद्दा फस्र्योट गरेका छन् भने डेढ महिनाको अवधिमा गोपाल पराजुलीले एक सय ४६, दीपकराज जोशीले एक सय २९, गोविन्दकुमार उपाध्यायले एक सय ४९, ओमप्रकाश मिश्रले एक सय ७८, देवेन्द्रगोपाल श्रेष्ठले एक सय ४३, चोलेन्द्रशमशेर जबराले एक सय ३१ र जगदीश शर्मा पौडेलले एक सय ३८ मुद्दा फस्र्योट गरेका छन् । आजको नयाँ पत्रिकामा मा खबर छ ।