परिबन्दमा प्रचण्ड

 साउन १२, काठमाडौं – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीभित्र र बाहिरको परिबन्दमा परेका छन् । त्यसबाट उम्किन उनले सदनमा मधेशी र जनजाति दल र सडकमा नेकपा(माओवादीसंग मोर्चाबन्दी गरेका छन् । यो मोर्चाबन्दी रहर नभई बाध्यता भएको उनको भनाइ छ । यो मा‌ओवादी, मधेशी र जनजाति मोर्चालाई उनले गुमेको शक्ति आर्जन गर्ने हतियारको रुपमा प्रयोग गर्न खोजेका छन् । आवश्यक पर्दा उनले यो हतियार जता पनि चलाउन सक्नेछन् ।

मधेसी, जनजाति दलसँग मिलेर सदनभित्र र नेकपा(माओवादीसँग मिलेर सडकमा यो तताउने सुरसार उनको छ । दाहाललाई निर्वाचनको परिणामले यस्तो परिबन्दमा पारिदियो कि उनी नेकपा(माओवादी, मधेशी र जनजातिसँग कार्यगत एकता नगरी सुखै पाएनन् । किनकी उनले जसरी पनि गुमेको शक्ति बटुल्नु थियो । मोर्चाबन्दीबाट शक्ति आर्जन गर्ने प्रयासमा छन् ।

नेकपा(माओवादी, मधेशी र जनजाति दलसंग कार्यगत एकता गरिसकेपछि पनि दाहाललाई सहज स्थिति भने छैन । उनले संविधानसभाभित्र रहेका मधेशी र बाहिर रहेका माओवादीसंग संगसंगै अघि जान खोज्नु दुई डुंगामा खुट्टा राख्नु जस्ते भएको विश्लेषण हुन थालेको छ ।

उनले एकैसाथ सविधानसभा बिघटनको माग गर्दै आएको नेकपा(माओवादी र मधेशी, जनजाति दलसंग कार्यगत एकता अघि बढाएका छन् । कांग्रेस, एमालेबीच सत्तासाझेदार भएको अवस्थामा दाहाल सामु मोर्चाबन्दी गर्नु बाध्यता बन्यो । तर त्यो मोर्चाबन्दी संविधान निर्माणमा दवाव दिने भनिए पनि विशेषगरी संघीयताका बिषयमा जटिलता ल्याउने देखिन्छ । आजको कान्तिपुर दैनिक मा खबर छ ।