सन्धि पुनरावलोकनको सहमती सकरात्मक : भट्टराई

साउन ११, काठमाडौँ –  एकिकृत नेकपा माओवादी नेता बाबुराम भट्टराइले नेपाल–भारत संयुक्त आयोगको बैठकमा १९५० को सन्धि पुनरावलोकन गर्ने सहमती हुनुलाई सकरात्मक भएको बताएका छन् ।

सामाजिक सन्जल फेसबुक मार्फत भट्टराइले आफु प्रधानमन्त्री हुदा सन्धि पुनरावलोकनको प्रस्ताब गरेको भन्दै त्यसले सार्थकता पाउनु सकारात्मक भएको बताएकहा हुन् ।

नेपाल–भारत सम्बन्धको समस्याको प्रमुख जड नै सन् १९५० को सन्धी र त्यससंग आदानप्रदान भएका चिठी भएको पनि उहाले उल्लेख गर्नु भएको छ ।