आज ६५ औं हलो क्रान्ति दिवस मनाइदै

साउन ११, काठमाडौँ – आज ६५ औं हलो क्रान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । ६५ वर्ष अघि वि.सं. २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाँकेगरामा बाहुनहरुले सामुहिक रुपमा हलो जोतेर सामाजिक क्रान्ति थालेका थिए । त्यहि दिनको सम्झनामा हलो क्रान्ति दिवस मनाउने गरिन्छ ।

सांकेतिक रुपमा पण्डित तोयानाथ अधिकारीको अगुवाइमा शेषकान्त अधिकारी, हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले सामुहिक हलो जोतेका थिए । दिवसको अवसरमा आज तोयनाथ अधिकारी स्मृति प्रतिष्ठानले लामजुङको दुराडाँडामा विभिन्न बमर्यक्रम गर्दैछ ।

बाहुनले हलो जोत्न हुन्न भन्ने सामाजिक मान्यतालाई तोड्दै दुराडाँडामा हलो जोतेर शुरु गरेको अभियान अभियान तनँहु, कास्की र धादिङ हुदै नेपाल भर फैलिएको थियो । राणा शासक विरुद्ध हलो जोतेको भन्दै तत्कालिन सरकारले समुहिक हलो जोत्नेलाई जेल हालेको थियो ।