जेसिसद्वारा ज्येष्ठ नागरिक सम्मानीत

साउन ११, पर्वत  –  युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै लामो समयदेखि सामाजिक सेवामा क्रियाशील पर्वत जेसिसको आयोजनामा हिजोबाट यहाँ जेसिस सप्ताह  २०१४ सुरु गरेको छ ।  सप्ताहको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीले विधिको शासनमा मुलुक सञ्चालन हुन नसक्दा राष्ट्रसेवक कर्मचारीलाई समस्या आइपरेको बताए । जेसिसले अवलम्बन गरेको नारा शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने भनाइमाथि चर्चा गर्दै पछिल्लो समयमा विधिको शासनमा सञ्चालन हुन नसक्दा सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको उनको भनाई  छ ,। सो अवसरमा वृद्धवृद्धालाई जनही रु एक हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पर्वत जेसिसका अध्यक्ष मातृकाप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अर्जुनप्रसाद चापागार्इं, नेकपा (एमाले) धौलागिरि अञ्चल समन्वय कमिटीका सदस्य मेघनाथ सुवेदी, लायन्स क्लब इन्टरनेशनलका डिस्ट्रिक एड्भाइजर काशीकुमार जोशी, म्याग्दी जेसिसका अध्यक्ष बबिन बागदास, बागलुङ जेसिसका अध्यक्ष सुजन श्रेष्ठलगायतले विचार राख ेका थिए ।      जेसिस सप्ताहअन्तर्गत शैक्षिक तथा सरसफाइ सामग्री वितरण, गुप्तेश्वर गुफा सरसफाइ, ट्राफिक जनचेतासम्बन्धी तालिम, मैत्रीपूर्ण फुटबल प्रतियोगिता र अन्तर माविस्तरीय लोकनृत्य प्रतियोगितालगायतका कार्यक्रम रहेका छन् ।