स्वराजले गरीन् पशुपतिको दर्शन

साउन ११,  काठमाडौँ  – नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेकी भारतका विदेशमन्त्री सुष्मा स्वराजले आज बिहान हिन्दू मात्रका आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेकी छिन् ।

विदेशमन्त्रीको नेतृत्वमा नेपमल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले पनि भगवान  पशुपतिनाथको पूजाआराधना गर्यो ।     नेपालका लागि भारतीय राजदूत रञ्जित रे र भारतीय राजदूतावासका उच्चअधिकारीले पनि देवाधिदेव महादेवको दर्शन गरेका छन् ।