भारतीय विदेशमन्त्री आज स्वदेश फर्किदै , उपप्रधानमन्त्रीसँग छलफल हुँदै

साउन ११, काठमाडौँ – नेपाल भ्रमणमा रहेकी विदेशमन्त्री शुष्मा स्वराज आज दुईदिने भ्रमण सकेर स्वदेश फर्किदै छन् ।  नेपाल भारत सयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएकी विदेशमन्त्री स्वराज आज बिहान १० बजेपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वदेश फर्किनुअघि उहाँ बिहान पशुपतिनाथको दर्शन गर्न पशुपति परिसर पुगेकी छिन् । अहिले केहीबेरमा उपप्रधान तथा गृहमन्त्री एवं एमालेका कार्यवाहक अध्यक्ष वामदेव गौतमसँग भेटवार्ता हुँदैछ । हिजो भेटवार्ता हुन नसकेपनि आज भेटवार्ता हुन लागेको भारतीय दुतावासले जनाएको छ । हिजो उनले राष्ट्रपति, प्रधानमन्त्री सहित दलका नेताहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गरेकी हुन् । नेपाल भारत सयुक्त आयोगको वैठकमा १९५० को शान्ति मैत्री सहितका अरु सन्धि सम्झौता पनि पुनरावलोकन गर्ने सहमति भएको छ ।